Lamjung Samaj UK Community House Proposal


लमजुङ भवन

लमजुङ जिल्लामा जन्मी ,हुर्केर बेलायतमा आई बसोबास गर्ने संम्पूर्ण लमजुङ्बासीहरुको सुख दु: आपत बिपतमा संङगठित हुने,एक आपसमा सहयोग गर्ने उदेस्यले ०१। २००७ मा लमजुङ समाज यु के स्थापना भएको हो। यो समाज स्वार्थबिहिन पवित्र सामाजिक संस्था भएको हुनाले सबै जातजाती,भाषा भाषी,धर्म,संस्कृतिहरुको मिश्रित संस्था हो। यो पवित्र साझा संस्था सबै संघ,संस्था समाजहरु संग हातेमालो गरेर बिबिध क्षेत्रमा बिशेषता:सामाजिक क्षेत्रमा बिधानको परिधी भित्र रहेर काम गर्नु रहेको छ। हाल लमजुङ समाज यु के मा लगभग सय घरधुरी दर्ता भई सकेका छन दिन प्रतिदिन दर्ता गर्ने क्रम बढ्दो छ। बिशेष गरी बेलायत सरकारको नया नीती अनुसार भु पु ब्रिटिश गोर्खाहरुको परिवारहरुलाई सेट्टलमेन्ट भिजा दिए पछी बढ्ने क्रम शुरु भएको हो। यस बाहेक अन्य दाज्यु-भाई,दिदिबहिनिहरु पनि बिबिध कारणले -आफ्नै तरिकाले बेलायतमा आई बस्ने क्रम जारी छ। हामी प्रबासमा बसेता पनि हाम्रो धर्म,संस्कृति,रितिरिवाज परंम्परालाई कहिल्यै बिर्सनु हुँदैन। किनकी भाषा,धर्म,संस्कार संस्कृति हाम्रो पहिचान हुन,जस्ले हामीलाई जीवनत तुल्याउछ। सुन्दर ढुङ्गमा कोरिएका शिलालेखहरु भन्दा हाम्रा पुर्खाले आर्जेको परम्परा हाम्रो पहिचान अस्तित्व हुन। अत:पुर्खाले आर्जेको परम्परालाई सम्रक्षण सम्बर्धन गर्न सकेनौं भने भाबी सन्ततिहरुले बिर्सदै जाने छन लोप हुँदै जाने छ। यसैले यसलाई जगेर्ना गर्नु,संम्रक्षण संम्बर्धन गर्नु हाम्रो कर्तब्य हो। समयको बिडम्बना बेलायतमा कार्यक्रमहरु सम्पन्न गर्नका लागी महङगो हलहरु भाडामा लिनु पर्ने हुन्छ जस्ले गर्दा प्रायजसो ठुलो धनराशी हलको भाडामा लगानी गर्नु पर्ने,समाजको सामानहरु (properties) घर घरमै राखनु पर्ने,प्रायजसो कार्यक्रमहरु आफ्नै घर आगनमा गर्नु पर्ने बर्तमान यथार्थतालाई मध्यनजर राखेर गत 13/04/2013 का दिन बसेको वार्षिक साधारणसभाले 'लमजुङ भवन'नामक एउटा स्थाई भवन निर्माण गर्ने अठोटकासाथ निर्णय भएको छ। अत:बेलायतबासी सम्पूर्ण लमजुङगे दाज्यु भाई तथा दिदिबहिनीहरुलाई हातमा हात, काधमा काध मिलाएर तन मन धनले एकजुट भई अगाडि बढी दिनु हुन हार्दिक अनुरोध गर्दछौ। साथै तमाम नेपाली तथा बिदेशी सहयोगी मनहरुलाई पनि 'लमजुङ समाज यु के'को यस गैरम्बित कार्यलाई हरेक पक्षमा होस्टेमा हैंसे गरी सिङ्गो नेपालीको उचाईमा उच्चता थप्ने कार्यमा सहयोगको आपेक्ष गर्दछौ

आर्थिक श्रोत-

हाम्रो यस 'लमजुङ भवन निर्माणको लागि आर्थिक श्रोत भनेको हामी नै हौ। साधारण सद्स्यता शुल्क,आजीवन सदस्यता शुल्क,बिकासप्रेमी सहयोगी चन्दादाताहरुबाट प्राप्त सहयोग समाजबाट आयोजित कार्यक्रमहरुबाट प्राप्त धनराशी नै हाम्रो आर्थिक श्रोत हो।

घर कहाँ कस्तो किन्ने ?

बेलायत एउटा बिशाल बिकसित राष्ट्र हो। जहाँ कुना कुनासम्मा मानव बस्तुहरुले सुसम्पन्न छन। फलत यु के का प्रत्येक शहरहरुमा लमजुङ्बासिहरुको बसोबास भई रहेका छन। यधेपी सबै पक्षबाट मिहिन तरिकाले मुल्याङ्कन गरी सद्स्यहरुको बाक्लो बसोबास रहेको ठाउँमा 20/30 वटा कारहरु पार्कीङ गर्न सक्ने स्थानलाई प्राथमिकता दिनु उचित होला। यस भवन भित्रा सय डेढसय जना संम्मा क्षमताको (मिनिहल) हुनेछ,जस्मा: जन्मादिन,-सान समुहाका पार्टीहरु, चाडपर्बहरु मनाउने दु:,सुखहरुमा भेला हुने छौ। भवन निर्माणको लागी न्युनतम £३०० सय हजार अधीकतम £५०० सय हजारको अनुमानित लागत हुनेछ।

भाबी कार्ययोजन !

समाजबाट निर्मित 'लमजुङ भवन'(घर) कुनै ब्यंक्तिको नाममा नभैं लमजुङ समाज यु के को नाममा हुनेछ। भाबीपुस्ताहरुका लागी एउटा एैतिहासिक स्थल पनि बनोस भन्ने महान लक्षकासाथ भवन निर्माण गर्ने भएकोले पुराना लोप हुन लागेका सम्पूर्ण बस्तुहरु,डोको,नाम्लो,हलो जुवा,कुटो,कोदालो,पुङं,ठेकी, जस्ता एतिहासिक सामाग्रीहरु,जिल्लाका एैतिहासिक ठाउँहरुको फोटोहरु समाजका सबै सरसामानहरु भएका जेथाहरु राखिने छ। साथै लमजुङबासिहरुको भेटघाट स्थल सदाका लागी तमाम लमजुङबासिहरुको साझा संम्पती,शितल चौतारी एकताको प्रतीक भएर रहने छ। लमजुङ समाज यु के तथा 'लमजुङ भवन' निर्माण समितिको पहलमा लमजुङ समाज भित्र भएका सबै एकाई संस्थाहरु:लमजुङ आमा समुह,लमजुङ युबा क्लब, सम्पूर्ण लमजुङबासी दाज्युभाई,दिदिबहिनिहरुको सहभागीता,सहयोग सल्लाह सुझाबहरु लिएर कार्यक्रम संन्चालन गरिने छ। यो कार्ययोजना बिभिन्ना प्राबिधिक समस्याहरुले गर्दा केही ढिला हुन सक्ने संम्भावना देखिन्छ तर हामी जती सक्दो छिटो कोशीश गर्नेछौ। सर्बप्रथम सबै दाताहरुबाट आफुले दिन चाहने रकम कागज (Paper) मा संकलन गरिने सबै दाता (सदस्य)हरुलाई निमंन्त्रणा गरेर च्यारिटी कार्यक्रमको आयोजना गरिने छ। च्यारिटी लगतै रकम संकलन कार्य गर्नेछौ अग्रिम दिन चाहने दाताहरुले च्यारिटी आगाडी नै दिन सक्नु हुनेछ। रकम किस्तबन्दिमा पनि बुझाउन सक्नु हुनेछ टाढा बसोबास भएका सदस्यहरुलाई केही सुबिधाहरु अवस्य दीईने छ।

आदरणीय चन्दादाताहरुको मान सम्मानको विवरण: -£ देखी £९९-सम्म-साधारण सद्स्य खदा प्रदान £१०० देखी £४९९ सम्म-आजिबन सदस्य साधारण फ्रेम सहितको कदरपत्र £५०० देखी £९९९ सम्म-संरक्षक फ्रेम सहीत मेटलको कदरपत्र £१००० देखी £१९९९ सम्म-संस्थापक फ्रेम सहित मेटलको कदरपत्र श्रीमान श्रीमती को फोटो राखने £२००० देखी माथी-बरिस्ठ संस्थापक फ्रेम सहित मेटलको कदरपत्र एकल परिवारको फोटो राखने ।नोट१००० भन्दा माथिका दाताहरु TRUSTEES Member हुने छन।

सबैं चन्दादाताहरुको नाम मार्बलमा लेखिनेछ

लमजुङ समाज यु के

घरको बनावाट यस प्रकारको हुने छ ।

 

 

 

Free business joomla templates
web tracking