क्षेत्रिय भेटघाट कार्यक्रम सम्पन्न

क्षेत्रिय भेटघाट कार्यक्रम सम्पन्न ।

सचिव श्री पूर्ण म्हिगी गुरुङ्ग ।

लमजुङ्ग समाज युकेको क्षेत्रिय भेटघाट कार्यक्रम गत शनिबार २२ अक्टोबर २०१६ का दिन मैडस्टोन केन्टमा भब्यताका साथ सम्पन्न भयो ।

समाजको सचिव श्री पूर्ण म्हिगी गुरुङ्गको संयोजकत्वमा सम्पन्न उक्त भेटघाट कार्यक्रममा संस्थापक अध्यक्ष श्री चन्द्र प्रसाद गुरुङ्ग, पुर्व अध्यक्ष श्री तुलाराम गुरुङ्ग, बर्तमान कार्यसमितिका अध्यक्ष श्री बोहत गुरुङ्ग लगायत केही कार्यकारिणी सदस्यहरु र सबै पदाधिकारीहरुको उपस्थिती रहेको थियो । त्यसैगरी सल्लाहकारज्युहरुमा श्री चन्द्र प्रसाद गुरुङ्ग, श्री तुलाराम गुरुङ्ग, श्री सुनिल गुरुङ्ग, श्री मोहानसिंह गुरुङ्ग, श्री पूर्णराज गुरुङ्ग र श्रीमती तारा गुरुङ्ग त्यसतै आमा समाजका अध्यक्ष श्रीमती जुना गुरुङ्ग, उपाध्यक्ष श्रीमती लक्ष्मी गुरुङ्ग र कोषाध्यक्ष श्रीमती लक्ष्मी गुरुङ्ग (२), गुरुङ्ग समाज केन्टका अध्यक्ष श्री गम बहादुर गुरुङ्ग, मैडस्टोन भेटेरन ग्रुपका अध्यक्ष आदरणिय समाजिक अभियान्त आग्रज बाबा श्री गणेश बहादुर गुरुङ्ग लगायत मैडस्टोनबासी सम्पूर्ण आग्रज बाबाआमाहरु, अभिभावकहरु, सकृय सदस्यहरु, दाजुभाईदिदीबाहिनीहरु र युवा नानीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अन्य भु-भागहरुमा जस्तै फोक्स्टोन, अस्फोर्ड, डोभर, क्यान्टब्युरी, चाथम, जिलिङ्गहाम आदिबाट ज्यादै न्युन उपस्थिती रहेको थियो ।

अध्यक्ष श्री बोहात गुरुङ्गको अध्यक्षतामा सम्पन उक्त कार्यक्रम संयोजक तथा सचिव श्री पूर्ण म्हिगी गुरुङ्गले सञ्चालन गरेको थियो भने सल्लाहकार श्री सुनिल गुरुङ्गले स्वागत मन्तब्य दिनु भएको थियो । मन्तब्यको क्रममा आग्रज अभिभावकाहरुको प्रतिनिधित्व गर्दै मैडस्टोन भेटेरन ग्रुपका अध्यक्ष श्री गणेश बहादुर गुरुङ्गबाट शुरु हुँदै क्रमश: समाजको अध्यक्ष श्री बोहात गुरुङ्ग, कोषाध्यक्ष श्री सुरेन्द्र घले, आमा समाजको अध्यक्ष श्रीमती जुना गुरुङ्ग, सल्लाहकार तथा नेपाली मेला संयोजक श्री पूर्णराज गुरुङ्ग, गुरुङ्ग समाज केन्टका अध्यक्ष श्री गम बहादुर गुरुङ्ग, सल्लाहकार तथा संस्थापक अध्यक्ष श्री चन्द्र प्रसाद गुरुङ्ग, सल्लाहकार तथा पुर्व अध्यक्ष श्री तुलाराम गुरुङ्ग र उपाध्यक्ष श्री दल बहादुर गुरुङ्ग आदिले बोल्नु भएको थियो ।

कार्यक्रमको अर्को अकार्षणको रुपमा राफल ड्र रह्यो र धेरै भन्दा धेरै उपस्थित महानुभावहरुले पुरुष्कार जित्न सफल भयो । पुरुष्कार प्रायोजक महानुभावहरुमा श्री ओम बहादुर गुरुङ्ग, श्री मिलन गुरुङ्ग, सल्लाहकार श्री सुनिल गुरुङ्ग, श्री केश बहादुर गुरुङ्ग, श्री धन बहादुर गुरुङ्ग, श्रीमती एम कुमारी गुरुङ्ग, श्री रेशम बहादुर गुरुङ्ग, श्रीमती माया गुरुङ्ग (एभरेष्ट क्यास एण्ड क्यारी), श्री कुल चन्द्र गुरुङ्ग (केभिन), श्री सरोज घले र सचिव श्री पूर्ण म्हिगी गुरुङ्ग थिए ।

कोषाध्यक्ष तथा सह-कोषाध्यक्ष क्रमश: श्री सुरेन्द्र घले र श्री नन्दा प्रसाद गुरुङ्ग सधै झै सदस्यता र स्योरा सम्बन्धी कृयाकलापमा ब्यस्ता रहनु भयो । श्री कुल चन्द्र गुरुङ्ग (केभिन)ले फोटोग्राफी, प्रवेश शुल्क उठाउने र अरु विविध ब्यवस्थापन कृयकलापहरुमा सहयोग पुर्याउनु भयो । श्रीमती अरुणा गुरुङ्ग र श्रीमती मोनिका गुरुङ्गले राफल ड्र टिकट बिक्रीबितारणमा सहयोग गर्नु भयो भने नानीहरु सुश्री सोनम गुरुङ्ग, श्री प्रदिप घले र श्री केभिन गुरुङ्गले ड्रीङ्स बेच्नेमा मद्दत गरेका थिए । त्यस्तै उपस्थिती सबैले आफ्नो क्षमताले भ्याउने सबै कार्यमा हात दिएका थिए ।

Free business joomla templates
web tracking