योरा र स्योक्राको परिभाषा

                             

 योरा र स्योक्राको परिभाषा

लमजुङ समाज यु.के. बहुजाती,बहुधर्म,बहुभाषाभेषा र बहुसंस्कृतिको मिश्रण संस्था होयहाँ धेरै जातजाती र समुदायहरु मिलेर समाज बनेकोछ। भाषाभेषा,धर्म,संस्कृति र परंम्पराले जातियताको पहिचान गर्छआफ्नो जातीय पहिचान जिबित राखने कर्तब्य जातीय समुदायहरुको होअरु जातीय समुदायहरुको भाषाभेषा,धर्म,संस्क्रिती र परंम्परालाई पनि उतिकै सम्मान र ईज्यात गर्नुपर्छ। जातीय समुदाय भित्र आफ्नै प्रकारको पहिचान हुन्छ र आफ्नो पहिचानमा गौँराब पनि हुन्छ। गुरुङ (तमु) हरुकोसमुदाय भित्र पनि आफ्नै प्रकारको भाषाभेषा,धर्म,संस्क्रिती र परंम्पराहरु छन। यही कुराहरुले गुरुङ (तमु) हरुको चिनारी गर्छ  भाषामा पनि  गुरुङ्हरुले आफ्नो छुट्टै मौलिक शब्दहरु  प्रयोग गरिएको  हुन्छ। जुन शब्दहरु मध्ये "स्योरा / रस्योक्रा" पनि एक हो

 

स्योरा  

बास्तबमा  मौलिक शब्दहरुको कुनै लिपी हुँदैन। यसलाई व्यबहारमा जसरी बोल्यो त्यही नै अर्थ हुन्छ।  "स्योरा" शब्दलाई यहाँ यसरी ब्यँख्या गरिएको छ। स्योभनेको धेरै जनाबाट बराबरी उठाउनु अथवा जम्मा गर्नु र राभनेको उभिनु अर्थात बिशेष ठाउमा हाजिर वा उपस्थित हुनु हो  स्यो+रा =  यी दुई अर्धशब्दहरु मिलेर "स्योरा" शब्दबनेको छ अथवा धेरै जनाबाट बराबरी उठाएर वा जम्मा गरेर पीडितलाई सहयोग गर्ने र दु:खसुखको बेला संम्बन्धित ठाउमा हाजिर वा उपस्थित हुनु हो। यदी कसै माथी आपत-बिपदहरु परेमा सबैबाट बराबरी दस्तुर संकलन वा जम्मा गरेर निजापीडितलाई सहयोग गरिन्छ। यस बाहेक अन्याभौतिक र मानसिक पक्षमा पनि स्योराको ठुलो भूमिका रहन्छ। यसकार्यमा  धनी र गरीबको बिच कुनै दुरी हुँदैन। बराबरी लिनु र दिनु हो अर्थात  आलो-पालो  गर्नुहो। समग्रमा भन्नुपर्दआपत-बिपद परेको बेला सबैबाट बराबरी उठाएर निजा पीडितलाई सहयोग गर्ने र सुख दु:खको बेला उपस्थित भएर साथ दिनु नै "स्योरा" को परीभाषा हो

स्योक्रा

गुरुङ समुदायहरुमा प्रयोग हुने यो "स्योक्रा" शब्द पनि गुरुङ्हरुको आफ्नै मौलिक शब्द हो। स्यो= भनेको धेरै जनाबाट केही बस्तुहरु बराबरी उठाउनु अथवा जम्मा गर्नु र क्रा=  भनेको टाउको अथवा प्रती ब्यँक्ती (Per-Head) भन्ने बुझाउछयी दुई अर्ध शब्दहरु जोड्दा "स्योक्रा" अर्थात बराबरी उठाएर जम्मा गर्ने प्रति ब्यँक्तीहरुलाई बुझाउछ। यसलाई सरल भाषामा भन्दा "स्योक्रा भाई" पनि भन्दा छन। उदाहरणको लागीराम,स्याम र हरी स्योक्रा भाईहरु हुनयसरी स्योरा उठाएर जम्मा गर्ने प्रती ब्यँक्तीहरुलाई  "स्योक्रा" ( Per-Head ) भन्ने बुझाउछ

संक्षिप्तमा  

मानिस एउटा सामाजिक प्राणी हो। आफ्नो परिवार ,साथी भाइ ,छेरछेमेक र समाज बिन बसन सक्दैनपरा पुर्बकाल देखीनै सानो-सानो समुहहरु मिलेर गाउ,टोल र बस्तिहरु बसाले र बस्दै आएका थिएयसरी समुहमा बसेर दु:ख सुखहरुमा एकले आर्कोलाई साथ दिने र सहयोग गर्दै आएका छन। आफ्नो समुहमा कसैलाई आपत-बिपदहरु परेमा सबैले आफुसंग भएका बस्तुहरु जस्तैचामल,रोटी ,जाँड रँक्सी र नगदपैसाहरु प्रती घर धुरीबाट  बराबरी उठाएर जम्मा गर्छन्र निजापीडितलाई सहयोग गर्छन्। यी सबै सद्स्यहरुलाई "स्योराभाई" अथवा "स्योक्राभाई" पनि भन्दा छनस्योक्रा भाईहरु मध्ये कसैले स्योरा अथवा बुझाउनु पर्ने दंस्तुर बुझएन र दु:ख सुखको कार्यहरुमा उपस्थित वा हाजिर नभएमा निजा स्वत: स्योक्राभाईबाट निलंम्बन र स्योराबाट पनि बँन्चित हुन्छ। यो हाम्रो पुर्खौंली देखी चल्दै आएको परँम्परा प्रथा होहुन ता मौलिक शब्दहरुलाई बँङ्गाएर लगेमा आर्कै अर्थ पनि हुन जान्छ। तर यहाँ हाम्रा गुरुङ बिद्धान स्वा डा हर्क गुरुङ ,प्राज्ञ डा जगमान क्रोहोगी लामा गुरुङ र  प्राज्ञ पैडीईन्द्र बहादुर अदीलेम गुरुङज्युहरुले  यही तंथ्यलाई प्रस्ट पार्नु भएको छयस कारण "स्योरा" "स्योक्रा" शब्दको भिन्न अर्थलाई आ-आफ्नै ठाउमा प्रयोग गर्दा उचित हुन्छ

चन्द्र प्रसाद गुरुङ

नोट:-यो लेख लेखकको अनुभोब  र बिद्धान बिज्ञाहरुको लेखहरुबाट संक्षिप्त बिश्लेषन गरिएको हो

अस्तु !!

Free business joomla templates
web tracking