गुरुङ्हरुको चिनारी हाम्रो लम्जुङ जिल्ला by राजु गुरुङ्

गुरुङ्हरुको चिनारी भनेर चिनाउने  हाम्रो लम्जुङ जिल्ला नेपाल अधिराज्य भरी नै एक रमाणिया   जिल्ला भनेर चिनिन्छ । हुनत यस जिल्लामा अरु जात जातीहरु नभएका पनि होईनन, निकै नै बाक्लो छ । तर बहु सङ्ख्यामा गुरुङ जातीहरुले नै ढाकेको छ । यस जिल्लाका मान्छेहरुले आफ्नो परम्परा र सस्कृती भने पछी मरिमेट्ने भावना राखेको हुन्छ ।

आफ्नो  घरेलु   कारण   देशको  स्थितिले  गर्दा, देश बिदेश तिरा  लाग्ने  लम्जुङेहरु  प्रसस्ता  मात्रमा  भेटिन्छ यसमा खै  कस्को  दोशी  हो   त्यो    तपाईंहरु आफैले  नै भन्नुहोस

देश बिदेश  जहाँ   कही  बसे पनि हामी लम्जुङेमा एक आपसको  मिठो अनि  नमिठो  भवान हरु  जुन सुकै  अवस्थामा  पनि  एक आपसमा  साटा  साटा  गरिने  चलन  अति  नै  सहारानीय   । यसमा हामी सम्पुर्णा लम्जुङेहरु अति गर्ब गर्छौ । अनि यसमा कुनै पनि दुइ मतको कुरै हुँदैन ।

यसै क्रममा अहिले हामी अलि बाक्लो सङ्ख्यामा नै बसो बास गरी आएका बेलायती बासी हामी लम्जुङेहरुको चहल पहल निकै नै चम्की रहेको छ । हामीलाई यहाँ बेलायतमा लम्जुङ समाज यु के भनेर चिनिन्छ । यस सस्थाले बेलयातमा धेरै लम्जुङेको मनमा लागेको चोटहरुमा मलम पट्टी लगाइ सकेको छ । बृस्तित जानकारीको लागि हाम्रो वेब साइट लम्जुङ समाज ड्ट कम मा हेर्नुहोस ।

यती  मात्रै  नभइ, आफ्नो  गृहा  जिल्लामा  गुरुङ्हरुको  भवन गुरुङ म्युजियाम” निर्माणको लागी  कारीब  ३८ लाख  रुपैया  नगद   बुझाइ  सकेको    यो नगद योग्दानको  लागी  हामी  बेलयातमा बसो बास गरी आउनु भएका  लम्जुङ बासिहरु, जुन  वहाँहरुको  बिशाल  पहाड  भन्दा  पनि  ठुलो ठुलो छाती  भएका  हाम्रो लम्जुङे हरुको  योगदान  हो

झन्,  भनुनै  पर्दा  अर्को  रोचक  कुरा    बिदेशी  मुलकमा  बसेर  पनि  आफ्नो  गाउँ  ठौउको  पहिरन    चलन सधै  झल्काइ  रहेको  हामी  लम्जुङे मा  नै  बढी  मात्रमा  पाईन्छ  बेलायतमा  वार्षिक  रुपमा  भैरहने  नेपाली  मेलामा   आफ्नो   पहिचाहन  कार्यक्रममा  बर्शेनी  भाग  लिएर  आफ्नो  लम्जुङेको  गुरुङ  पहिचाहन  यसरि  झल्काइ रहेका छन ।

केहि तस्बिर हरु हेर्नुहोस;

गुरुङ  जातिमा  स्त्री हरुले  लगाएको अति लोक प्रिया पोशाक गुरुङ लुगा” यो लुगा या पोशाक  गुरुङ हरुको हुर्केको छोरीलाई १२ बर्षा पुगे पछी आमा बाबाले एउट रिती  पुराएर, तिथी अनि मिती  हेरी दिने  चाल चलन    

गुरुङ हरुको पुरुष बर्गामा लगाउने गरिने पोशाक । यसमा अचम्मा लाग्ने कुरा के छ भने यो पछाडी पट्टी ढाकेको सेतो र कालो धर्को भएको काम्मल जस्तो चिज्, जुन हामीले “बाखु” भनिन्छ । जुन चिज तपाईंले ओडे पछी तपाईंलाई जाडो र पानी जस्तै सुकै बेलामा पनि तपाईं राम्रो सँग सुरक्षित हुन सक्नुहुन्छ । 

बेलयातको नेपाली मेलामा जातिय पहिचाहनमा हाम्रो लम्जुङे दिदी बहिनी र दाजुभाईहरु । 

हाम्रा नानीहरुले पनि यसरि कार्यक्रममा सहभागी जनाएका थिए । आहा कात्ती राम्रो, यही किसिमको शिक्षा सबैका आमा बाबाले दिए साची नै कत्ती राम्रो हुनेथियो होला हैन ?  

गुरुङ परम्परामा आधारित एक सोराट्ठी नाचको झलक 

 

राजु गुरुङ् 

नाल्मा ८, लम्जुङ्

हाल यु के 

 

 

 

Free business joomla templates
web tracking