Articles

Ambassador Cup दोश्रो पटक पनि लमजुङ समाज युकेको हातमा

Ambassador Cup दोश्रो पटक पनि लमजुङ समाज युकेको हातमा
हाम्रो सँस्कृति, हाम्रो पहिचान र हाम्रो परम्परा नै हाम्रो गौरव हो र गर्व पनि गर्नु पर्दछ भन्ने नाराका २००७ सालमा श्री चन्द्रप्रसाद गुरुङको सक्रियतामा लमजुङ समाज युकेको स्थापना भए पश्चात् यो समाजले बिभिन्न कार्यक्रममा सहभागी भईरहेको कुरा सर्बबिदितै छ । जहाँ लमजुङ समाज हुन्छ त्यहाँ लमजुङ जिल्लाको नाम अग्रपंक्तिमा सजाउने बानी लमजुङेको हुन्छ भन्ने तथ्य उक्ति यसै पृष्टको शिर्षकले छर्लङ पार्दछ । लमजुङे हुनुमा गर्व गर्न पनि किन कञ्जुस्याँई गर्नु ! लमजुङ हिमालको काखमा रहेको, यस जिल्लाको बिभिन्न स्थानबाट पनि अन्न्पूर्ण र माछापुच्छ्रे हिमालको माया पाईरहने जिल्ला, जहाँ विभिन्न जात जातीहरुको बसोबास सँगसँगै विभिन्न मौलिक रितीरिवाज, संस्कृति र परम्पराको धनी जिल्ला, लेक, पहाडी क्षेत्र हुँदै बेसीमा फाँट जस्ता धरातल भएको जिल्ला भौगोलिक हिसाबले पनि अति सुन्दर जिल्लामा जन्मी हुर्की आज हामी यस कर्म भूमिमा पनि उही जिल्लाको नामले हिप हिप हुरे गर्न पाउँनु कति भाग्यमानी छौं हामी ।

सन्दर्भ हो नेपाली मेला Ambassador Cup 2017 को । तमुधिं युके र नेपाली राजदुताबास बेलायतको संयुक्त संयोजकत्वमा "९औँ नेपाली मेला २०१७" विभिन्न कार्यक्रमको साथमा आइतबार २७ अगस्त २०१७ मा Kempton Park Race Course Stain London मा अति नै भव्यको साथमा आयोजना गरिएको थियो । यस मेलाको लागि तमुधिँ युकेले धेरै समय अगाडि देखिनै विभिन्न प्राबधान मिलाउँदै आएका थिए । विभिन्न संघ सँस्थाहरुलाई सहभागीको लागि पत्राचार देखि लिएर बैठक आदि बिषयहरुमा प्रबन्ध मिलाउँदा कति ब्यस्त भए होलान नेपाली मेलाको संयोजक श्री हितकाजी गुरुङज्यु र तमुधिं युकेलाई । वहाँ अनि वहाँका टिमलाई ब्यक्तिगत रुपमा र समाजको तर्फबाट धन्यबाद दिन चाहन्छु । पूर्ब जानकारी भएअनुसार शनिबार १ अप्रिल मा आयोजना गरिएको १०औं बार्षिक साधारण सभाकै दिनमा लमजुङ समाज युकेले यस मेलामा सहभागी भई प्रतिस्पर्धा गर्ने निधो गर्दै यसै पृष्ट लेखक परशु गुरुङलाई सर्बसम्मतीबाट संयोजकको अभिभारा सुम्पियो । त्यस्तै गरि संयोजककै स्वछनोट अनुसार श्री पूर्णराज गुरुङ (पूर्ब संयोजक), श्री ईन्द्रजित गुरुङ र श्रीमती तारा गुरुङ्लाई सह-संयोजकमा चयन गराईयो । एकातिर सबैको चाहना यो अ्बस्सदोर कप फेरि पनि लमजुङेको हातमा पार्नुपर्छ भन्ने थियो भने अर्को तिर के यसपटक पनि जितिएला त ? भन्ने प्रश्न नउठेको पनि थिएन होलान । यसै बर्षको नोभेम्बर २५ तारिखमा हुन गईरहेको लमजुङ समाज युकेको १०औं अन्निवेर्सॠ केलेब्रसन मा यो अ्बस्सदोर कप सजाउँने ठूलो सपना र चाहना थियो समाजको अध्यक्ष श्री बोहत गुरुङज्युको । ठूलो चुनौती आयो यी ४ संयोजकहरुको काँधमा । प्रतिस्पर्धाको लागि संघर्ष र सामनाको साथमा अघि बढ्नु पर्दछ, र "भगवानले तँ आँट म  पु-याउँछु" भन्छन अरे भन्ने उक्तीलाई मनमा राखेर करिब ६ महिना पछाडि सामना गर्नु पर्ने क्षणलाई अंकित गर्दै सरसामान जुटाउनमा तरखर भए संयोजक परशु गुरुङ श्री पूर्णराज गुरुङसँगको आन्तरिक सरसल्लाह अनुसार । नेपालबाट सामान ल्याउनु भनेको त्यति सहजको बिषय होइन । तैपनि हामीलाई त्यति समस्य परेन जतिको समस्य र बढी बोझ श्री रबि गुरुङ र श्रीमती योकुमारी गुरुङलाई परेको थियो नेपालमा, जसलाई हाम्रो अनुरोध थुपारी दिएको थियो जुन महिनाको अन्तसम्म युकेमा सामान उपलब्ध गराई दिओस भनेर । बिना नाईनास्तेमा यी दम्पतीले काठमाडौको सेरो देखि दमौली छाब्दी बाराही, इलमपोखरीको सेरोफेरो सम्म सम्पर्क गरि अनुरोध गरे अनुसारको सरसामान जम्मा गरि मलेशियान ऐर्लिनेस द्वारा युकेमा उतारी दिनु भयो निर्धारित समय भन्दा अगावै । रबि गुरुङबाट फोनको घण्टी बज्यो भने कम्प्युटर मा ईमेल देखियो एभरेष्ट ट्रवेल बाट सामान पैठारी गरिएको छ भनेर । त्यस्तै गरी ४८ घण्टाभित्र सामान निकाल्नु पर्ने आदेशमा लण्डन हेअथ्रोव एअरपोर्ट बाट फोन आयो । कामबाट फुर्सद निकालेर स्ंयोजक पारसहु गुरुङ हेअथ्रोव एअरपोर्ट पुगे खुशी हुँदै ।  एअरपोर्ट मा सामान निकाल्ने धुनमा पार्कइङ मा टिमे अक्केस्स भएको थाहै भएन, पार्कइङ टिक्केत विन्द्स्क्रीन मा देख्दा पो झस्के, जेहोस £१०० ।०० चन्दा चढाएको कुनै चिन्ता नै भएन चाहिएको सामान हातमा आईपुग्दा । शनिबार १७ जुन २०१७ मा बसेको ल्सुक नेपाली मेलाको को-ओर्दिनतीनग मीतीनग पश्चात् बाह्रमासे घाँटुको प्रक्तिके आइतबार ९ जुलाई २०१७ मा पहिलो सम्पन्न  भयो । बेलायतको ब्यस्त दैनिकी जीवन, विभिन्न स्थानको बसोबासमा सबैजनालाई भेला गर्नु सजिलो कहाँ थियो र ! तैपनि सबैको मिलोमतो समाजदारी र समाजप्रतिको योगदानको भावनाले कहिले फर्न्बोरोउघ को कोम्मुनित्री हल्ल मा भने कहिले वल्लिङ्फोर्द मा, त कहिले वित्चुर्च विन्चेस्तेर मा सम्पन्न भएको कडा तालिमको साथ नेपाली मेलामा प्रतिस्पर्धा गर्न तयार भए लमजुङ समाज युके ।

सह-संयोजक श्री इन्द्रजित गुरुङलाई ठाडो भाका र चुड्का नाचको जिम्मेवारी दिएको थियो भने श्रीमती तारा गुरुङलाई घाँटुनाचको प्रशिक्षणको जिम्मेवारी । नेपाली मेला आइतबार २७ अगष्ट पनि घर सँघारमा आईपुग्यो । समाजका तमाम सदस्यहरुलाई मेलामा सहभागिताकोलागि पूर्ब सुचना गरीसकेको हुँदा सबैजना उत्सुक थिए बिभिन्ने बिधामा सहभागी हुनको लागि । शनिबार २६ अगष्टको दिनमा श्री पूर्णराज गुरुङको घरमा मेलाको लागि संयोजक परशु गुरुङ, श्रीमती नन्दा गुरुङ, सह-संयोजक श्री पूर्णराज गुरुङ, श्रीमती जमुना गुरुङ, अध्यक्ष श्री बोहत गुरुङ र श्रीमती लक्ष्मी गुरुङ भेला भई मेलाको लागि सबै सरसामानहरुको निरिक्षण गरि तयार गरे ।

आ-आफ्नो मौलिक भेषभुषामा सज्जिएर सबैजना बडो उत्सुकताका साथमा आइतबार २७ अगष्ट २०१७ का दिन केम्प्तोन पार्क रके कोउर्से लण्डन मा भेला भए । आयोजकहरुबाट जानकारी पाए अनुसार लमजुङ समाज को पालो ४ नम्बरमा परेको थियो । झाँकी प्रस्तुत १ बजेबाट शुरु हुनुपर्ने थियो । विभिन्न प्राबिधिक समस्याहरुले गर्दा निर्धारित समयमा शुरु हुन सकेन । तैपनि ३ बर्षको दुधे बालक देखि करिब ७५ बर्षसम्मको उमेरका सहभागीहरु टण्टलापुर घाममा उभिएका थिए आफ्नो पालो पर्खिंदै । त्यसमध्ये कोही त एक खुट्टा मात्र भएका क्रोत्चेस (बैसाखी)  को सहारामा सहभागी भएको देख्दा समाजप्रतिको माया कति हुँदोरहेछ भन्ने छर्लङ हुन्थ्यो । उदघोषकज्युले लमजुङ समाजको नाम लिंदै संयोजक परशु गुरुङलाई झाँकीको बारेमा केही भनीदिनको लागि मञ्चमा निम्त्याए भने सयौंको सँख्यामा लमजुङे सहभगिताहरु विभिन्न सरसामानहरुको साथमा आ-आफ्नो बिधा प्रस्तुत गर्न लागे । प्रस्तुतिमा जिल्लामा बिशेषरुपमा प्रचलित नाच कृष्ण चरित्र, बह्रमासे घाँटु, तीज, रत्यौली, चुड्का, ठाडो भाका, स्यार्का, त्यस्तै गरी चर्खामा धागो कात्ने काम, ढिकी कुट्ने, झाँतो पिन्ने, महि बनाउने थियो भने अझ आकर्षक त असारे हिलोमा धान रोपाईको थियो । त्यसैभएर पो क्यारे उदघोषक श्री सूर्य गुरुङ मञ्चबाट झाँकी प्रस्तुत स्थलमा आउनु भई सबै बिधाको बिबरण दिंदै हुनुहुन्थ्यो । हजारौ सँख्यामा उपस्थित हुनुभएका दर्शकहरुको मन जित्दै प्रस्थान गरे लमजुङ समाज युके त्यहाँबाट ।

झाँकी प्रस्तुत पश्चात् अन्य दर्शकहरुबाट पाएको "ज्यादै राम्रो प्रस्तुती थियो" भन्ने प्रतिक्रियाहरु पाउँदा कताकता राम्रै भएछ क्यारे भन्ने भान हुन्थ्यो । हुनु त प्रतियोगितामा सबैको प्रस्तुति उत्तिकै हुन्छन तथापि बिधाहरुको प्रस्तुतिमा परम्परा र सँस्कृतिमा कतिको आधारित र सान्दर्भिक हुन्छ त्यसमा मात्र फरक होला । वास्तबमा यी मुल्यांकन गर्ने विधि निर्णायकहरुको आफ्नै छुट्टै सिद्धान्त हुन्छ नै । प्रथम चरणको प्रस्तुति पश्चात् सबैजना संतोषको सास फेर्दै जलपान गर्न लागे साथै गुर्खा किचन अल्देर्शोत ले तयार गरिएको स्वादिष्ट खाना लिंदै पनि गरे ।

दोश्रो चरणको प्रस्तुति बाह्रमासे घाँटु थियो । यो घाँटु नाचले २०१४ को सहभागितामा प्रथम २०१५ मा दोश्रो र २०१६ मा प्रथम पुरुस्कार जित्न सफल भएको थियो । घमण्डको साथमा भन्नु पर्दा प्रस्तुतिको स्तरमा पहिलाको भन्दा यसपालीको प्रस्तुति उच्च थियो झैँ लागेको थियो । किनकि यसपटक यी दुई जुम्ल्याहा नानीहरु सुश्री श्रेया गुरुङ र सुश्री श्रुति गुरुङ गुरुआमा बिना नाच्न सक्षम भएका थिए । यो स्तरमा नृत्य गर्न सक्षम बनाउनमा घाँटुकी गुरुआमा तथा सह-संयोजक श्रीमती तारा गुरुङको ठूलो योगदान र श्रेया रहेको छ । समयले किन पर्खिन्थ्यो र ! मञ्चमा प्रस्तुति गर्ने पालो पनि आईपुग्यो उदघोषकज्युले गत सालको अ्बस्सदोर कप बिजेता लमजुङ समाज युकेको नाम लिनु भयो । उदघोषणा अनुसार लमजुङ समाज युकेको ब्यानरको साथमा नेपाली राष्ट्रिय झण्डा र युनियन ज्याक (जसको छत्रछायाँमा कर्म थलो गरीरहेकाछन) को झण्डा फर्फराउँदै मञ्चमा तयार भए । बाह्रमासे घाँटु प्रस्तुत गर्न थाले "चैतैको धुलो झारिएला" भन्ने गीतको लय सँगसँगै श्री लेखमान गुरुङ्को अगुवाईमा । दुई जुम्ल्याहा नानीहरुको बेजोड प्रस्तुती पश्चात् हजारौंको सँख्यामा अबलोकन गरीरहेको दर्शकहरुको कोलाहल, चिच्याहट र तालीको गुञ्जन सुन्दा प्रस्तुतिमा सबैको मन जित्न सफल भएछ क्यारे झैं लाग्थो । "फेरि भेटौं अर्को सालैमा, जानु प-यो बाईबाई हजुर" भन्ने गीतको अन्तिम लय सँगसँगै बिदा लिए मञ्चबाट लमजुङ समाज युकेले ।

नेपाली मेला २०१७ को अन्तिम चरण जुनचाही ज्यादै महत्वपूर्ण भाग नतिजा सुनाउनु मात्र बाँकी रह्यो ।संयोजकहरुको निर्देशन अनुसार सबै संघसँस्थाहरु मञ्चको नजिक तिर झुम्मिए नतिजाको प्रतीक्षामा । उदघोषकज्युले सान्त्वना पुरुस्कारको लागि नाम लिन थाल्नु भयो । लमजुङ समाजको नाम शुन्य रह्यो । तैपनि त्यति दु:ख लागेन । नृत्य प्रस्तुतिमा तेश्रो र दोश्रोमा क्रमशः सिक्लेश पार्चे समाज र घान्द्रुक समाजको नाम लिनु भयो । अन्तमा नृत्य “प्रस्तुतिमा  प्रथम पुरुस्कार हात पार्न सफल भएको छ लमजुङ समाज युके” भन्ने आवज गुञ्जियो उदघोषकज्युबाट त्यसार्थमा पहिलो पल्ट ण्र्ण ले प्रायोजन गरेको ण्र्ण कप जित्न सफल भयो लमजुङ समाज युके । त्यसतै गरि झाँकीमा घान्द्रुक समाज दोश्रो स्थानमा पुरुस्कृत भयो भने लमजुङ समाज युकेले झाँकीमा पनि प्रथम स्थान ओगट्न सफल भएको शुभ संदेश आयो उदघोषकज्युको मुखार्बृन्दबाट । लमजुङ समाज युके २०१७ सालको अ्बस्सदोर कप दोश्रो बर्ष पनि जित्न सफल भयो ।बेलायतको लागि नेपाली महामहिम राजदुत डा । श्री दुर्गाबहादुर सुबेदीज्यु, ण्र्ण इक्क को अध्यक्ष डा । श्री शेष घलेज्यु, तमुधिं युकेका अध्यक्ष श्री ज्ञाम गुरुङज्यु तथा नेपाली मेलाका संयोजक श्री हितकाजी गुरुज्यु ले अ्बस्सदोर कप र ण्र्ण कप को साथमा £१६०० ।०० को चेक लमजुङ समाजको अध्यक्ष श्री बोहत गुरुङ, संयोजक श्री परशु गुरुङ, सह-संयोजक श्री पूर्णराज गुरुङ श्रीमती तारा गुरुङ र श्री इन्द्रजित गुरुङलाई हस्तान्तरण गर्नु भयो । त्यति बेला सम्पूर्ण दर्शकहरुबाट र उपस्थित लमजुङ समाजका ईष्टमित्रहरुले बधाईको साथमा ठूलो तालीको गुञ्जन आयो । पुष्प वर्षा भयो । लमजुङेहरु खुशीले उफ्रन थाले । साँची नै भन्नु पर्दा समाजको बार्षिक साधारण सभाको दिनमा यी ४ जना संयोजकहरुको काँधमा जुन जिम्मेवारी सुम्पिएको थियो र समाजका सदस्यहरुले जुन कुराको आपेक्षा गरेका थिए, कुन दृष्टिकोणले यी ४ जना संयोजकहरुलाई हेरेका थिए, सायद ती सयौंजनाले राखेको आपेक्षा र गरेको मुल्याङ्कन साकार भयो होला पक्कै पनि । खासै भन्नु पर्दा लमजुङ समाज युकेको डायरीमा एउटा अर्को इतिहासको पाना थपियो । युकेमा लमजुङ समाजको नाम उच्च स्थानमा रहनको लागि अर्को एउटा खम्बाले टेकासो दियो । यो खुशीको खबरले अवश्य पनि विभिन्न देशमा रहनु भएका लमजुङेहरुलाई खुशीले गद गद भए होलान । यसतै प्रकारले दोश्रो पटक अ्बस्सदोर कप र ण्र्ण कप लमजुङ समाजको घरमा भित्रियो ।

दोश्रो पटक नेपाली मेला २०१७ को अ्बस्सदोर कप र ण्र्ण कप हात पार्न सफल बनाउनुमा धेरै जनाले ठूलो भुमिका निभाउनु भएको छ । जसको लागि हामी ज्यादै आभारी छौं । विशेष गरि यो प्रस्तोताले धन्यबाद दिनै पर्ने महानुभबहरुमा बिबिध बिषयमा सल्लाह सुझाब दिनुहुने समाजका अध्यक्ष श्री बोहत गुरुङ, घाँटु नाचको प्रक्तिके को समयमा खाजाभुजाको ब्यवस्था गर्नुहुने सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु, प्रक्तिके मा उपस्थित हुनुभई अमुल्य योगदान पु-याउनु हुने अग्रज बाबाहरु, यस सहभागिताको लागि आर्थिक सहयोग गर्नुहुने समस्त स्पोन्सोर दाताहरु, मेलाको दिनमा खाजभुजाको ब्यवस्था गर्नुहुने श्री नवराज गुरुङ तथा सन्तबहादुर गुरुङ, मेलामा विभिन्न बिधामा सहभागी हुनुभई आफ्नो कला प्रस्तुत गर्नु हुने सम्पूर्ण ईष्टमित्रहरु, बिभिन्न पक्षमा सहयोग दिनुहुने श्री सुरेन्द्र घले, सल्लाहकारहरु कप्त श्री देब घले, श्री कृष्ण गुरुङ, श्री चन्द्र गुरुङ, र अन्य सल्लाहकारहरु साथै कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु, उपाध्यक्षहरु श्री बिश्वजङ गुरुङ, श्री दल गुरुङ श्री चन्द्र गुरुङ, घाँटु नर्तकीहरुलाई नृत्यमा सक्षम बनाउनमा साथै सह-संयोजकको ठूलो भुमिका निभाउनु हुने श्रीमती तारा गुरुङ, चुड्का नाच र ठाडो भाकाको संयोजक साथै सह-संयोजकको भुमिका निभाउनु हुने ईन्द्रजित गुरुङ प्रति हार्दिक आभार प्रकट गर्दै धन्यबाद दिन चाहन्छु ।पढाईमा बाधा पुग्ला, नानीहरुको ध्यान अर्कैतिर मोडिएला भन्ने कुनै प्रवाह नगरी समाजको लागि आफ्ना नानीहरुलाई कुनैपनि समयमा कुनैपनि स्थानमा लगेर नाच्नमा हौसला दिने दम्पती श्री मोतीप्रसाद गुरुङ र श्रीमती लक्ष्मी गुरुङ्लाई सधन्यबाद दिंदै बाबाआमाको आदेश सधैं शिरोपर गरी आफ्नो कला प्रस्तुत गरि समाजको नाम उच्च स्थानमा राख्न योगदान दिने जुम्ल्याह नानीहरु सुश्री श्रेया गुरुङ अनि सुश्री श्रुति गुरुङप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । यो कार्यक्रम सफल पार्नको लागि नेपालबाट सरसामान किनमेल गरी पठाउनुमा सहयोग गर्नुहुने श्री रबि गुरुङ र श्रीमती योकुमारी गुरुङलाई धेरै धन्यबाद दिन चाहन्छु । अझै मैले छुटाउनै नहुने एक विशेष ब्यक्तिको नाम लिनै पर्ने हुन्छ, जसको सहयोग बिना यो सफल प्राप्त गर्न त्यती सम्भब र सहज थिएन । वहाँले मलाई विभिन्न पक्षमा जुनसुकै अवस्थामा पनि सरसल्लाह दिने साथै बिभिन्न प्रकारका सरसामानहरु तयार गर्नुहुने, भौतिक नैतिक र आर्थिक रुपमा सहयोग गर्नुहुने अति दूर्दर्शी र महत्वाकांक्षी ईलमपोखरी समाजका अध्यक्ष, लमजुङ समाजका सल्लाहकार र मेरा सहकर्मी सह-संयोजक  श्री पूर्णराज गुरुङलाई म अन्तरआत्माबाट नै सम्मान गर्दै धन्यबाद दिन चाहन्छु ।

अन्तमा लमजुङ समाज युकेको भाबी कार्यक्रमा सदा सहयोग र सल्लाह सुझाब निरन्तर रुपमा दिईरहनु हुन को लागि समाजका सम्पूर्ण  ईष्टमित्रहरु प्रति  हार्दिक अनुरोध गर्दछु ।

"जय लमजुङ समाज युके"

प्रस्तोता

परशु गुरुङ

संयोजक 

LSUK नेपाली मेला २०१७  

Free business joomla templates
web tracking