“सम्मान र बिदाई कार्यक्रम सम्पन्न”

लमजुँग एउटा यस्तो जिल्ला हो जहाँ साहित्यकार, नाटककार, कथाकार, नृत्यकार, गीत रचनाकार, कबि, अभिनेता, अभिनेत्री, लोकगायक  लोकगायिका जस्ता विभिन्न बिधाका बहुप्रतिभाहरु पाईन्छन् । त्यसमध्येमा गायनक्षेत्रमा ख्यातीप्राप्त कलाकारहरुको थलो भएको  जिल्ला लमजुॅंग हो । त्यसैले त कुनै पनि मौसममा लमजुॅंगका कोही न कोही कलाकारहरुले युकेमा आफ्ना प्रस्तुतीहरु पस्काईरहेकै हुन्छन् । 
 
सन्दर्भ हो यसै बर्षको ल्होछार कार्यक्रममा लमजुँगका द्वय कलाकारहरुको सहभागीता । न्हजरे निवासी श्री तिलक गुरुॅंग तमुधीं युकेको निमन्त्रणामा र बन्सार निवासी श्रीमती बिष्णु गुरुँग रेडिंग तमु समाज युकेको निमन्त्रणामा छोटोसमयमा भएपनि आफ्नो बेजोड प्रस्तुतिले सबै कार्यक्रमहरुमा सबैजनालाई सौहार्दपूर्ण मनोरंजन दिलाए ।
0-02-0a-0de6e8ca9d913112408074fe4a692413936bb70c9f341d25395ece7f1f36753c_1c6d9a5f0dbc3b.jpg
 
वहाँहरु स्वदेश फ़र्किने दिन नजिकै आईसकेको हुनाले लमजुॅंग समाज युकेले संयोगबस सम्मान अनि बिदाई कार्यक्रम आयोजना गर्ने अवसर पाए आईतबार १२ जनवरी २०२० को बेलुकी प्यालेस रेष्टुरेण्ट अल्डर्सटमा । यस कार्यक्रममा झन रोचक र संयोगको अर्को बिषय थपियो “रोधी” परिवारको
तेश्रो प्रस्तुति “काशी” गुरुॅंग चलचित्रको नायिका मन्जु घलेको उपस्थिति र वहाॅंलाई यस सम्मान कार्यक्रममा सम्मिलित गर्न पाउने अवसर मिल्यो । 
 
समाजका अध्यक्ष श्री बिश्वजंग गुरुँगको अध्यक्षतामा सचिव परशु गुरुॅंगले संचालन गरेको बिदाई तथा सम्मान कार्यक्रममा व्यस्तताको कारणले सोंचे अनुसारको उपस्थिति नभए पनि करिब ३४/३५ जनाको उपस्थितिलाई संतोषजनक नै मान्नु पर्दछ । कार्यक्रमको मुख्य उदेश्य नै नजिक बाट परिचय र भलाकुसारी गर्नु थियो । त्यसैले उपस्थित हुनुभएका महानुभवहरुले आ-आफ्ना गाउॅंको नाम सहित परिचय पालैपालो दिएका थिए । 
समाजको तर्फबाट तिनै जना अतिथिहरुलाई अध्यक्षज्युले खादा लगाई दिनुभई मायाको चिनो प्रदान गर्नु भएको थियो भने आमा समुहको तर्फबाट बरिष्ट उपाध्यक्ष श्रीमती माला घलेले तिलक गुरुँगलाई गलबन्दी, बिष्णु गुरुॅंग र मॅंजु घलेलाई क्रमु ओढाई सम्मान गर्नुभएको थियो । नजरे गाउॅंका ईष्टमित्रहरुले तिलक गुरुॅंगलाई बिशेष रुपले सम्मान पनि गरेका थिए । 
 
आफ्नो मन्तव्यको क्रममा तिलक गुरुॅंगले लमजुॅंग समाजको लागि अध्यक्षज्युलाई ढाका टोपी ओढाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने नजरे गाउॅंका भाई खलक दाजु भाईहरूलाई ढाका टोपी र मायाको चिनो प्रदान गर्नु भएको थियो । त्यस्तै गरी बिष्णु गुरुॅंगले पनि अध्यक्षज्युलाई भाॅंग्रा लगाई दिनुभई सम्मान गर्नुभएको थियो । नायिका मन्जु गुरुॅंगले आफ्नो मन्तव्यमा १५ बर्षभन्दा अगाडिको याद आयो आजको यो सम्मानले पून: सिने क्षेत्रमा अघि बढने प्रेरणा मिल्यो भन्नुभयो । 
 
अन्तमा अध्यक्षज्युले सबैजनालाई सहभागिताको लागि धन्यवाद दिनु भई अतिथिहरुको बाँकी रहेको बसाई सुखमय होस र स्वदेश फिर्तीको यात्राको शुभकामना दिंदै कार्यक्रम समापन गराउॅंनु भयो । बाॅंकी रहेको समयमा खानपानको साथमा बिष्णु गुरुॅंगको मिठा मिठा गीतको प्रस्तुतिले सबैजनालाई नचाए मनोरन्जन दिलाए । 
 
धन्यबाद
 
परशु गुरुॅंग 
सेक्रेटरी
लमजुॅंग समाज युके
Free business joomla templates
web tracking