सुन्दर बजार

सुन्दरबजार लमजुङ्ग

सुन्दर बजार सायद नाम सुन्ने बित्तिकै यो कस्तो र कहाँको बजार होला भन्ने उत्सुकता जागी सकेको हुनुपर्छ । यो हो गण्डकी अञ्चल लमजुङ्ग जिल्लामा पर्ने सुन्दर बजार । सम्भवतः यसको नाम नसुन्ने कमै हुनु पर्दछ तापनि यस लेखमा मैले यसको बारेमा बेलिबिस्तार गर्ने प्रयास गरेकोछु ।लमजुङ्ग जिल्लाको दक्षिण भागमा 

अवस्थित यो बजारलाई तीनवटा प्रख्यात नदीहरु मस्र्याङ्गदी उत्तर-पूर्व हुँदै दक्षिण भागसम्म पाउदी र नाउदी नदीले पश्चिम-पूर्व हँुदै दक्षिण भागसम्म अँगालेको छ । यसको दक्षिण भेगमा तनहुँ जिल्ला रहेको छ ।

त्यसैले तनहुँ जिल्लाका उत्तरी भेगका बासिन्दाहरु यस बजारको स्थापनाबाट निकै लाभान्वित भएकाछन् । लमजुङ्ग जिल्लाको दक्षिण भेगका थुप्रै गा।वि।स।हरु पनि यस बजारमा समेटिन्छन् । भौगोलिक र प्राकृतिक हिसाबले यो बजार पहाडी क्षेत्रमा भएतापनि खुल्ला र फराकिलो एवं समथर भएकोले विकासको दृष्टिकोणले यसको आफ्नै महत्व छ । नेपालको प्रसिद्ध तीनवटा कृषि क्याम्पसहरु मध्येको एउटा क्याम्पस यसै बजारमा रहनु जहाँ बी। एससी। सम्मको अध्यायन हुन्छ प्रत्येक बर्ष साचालन गरिने जिल्ला स्तरिय बीरेन्द्रशिल्ड

प्रतियोगिता यहीँ साचालन गरिन्थ्यो भने तीनवटा बाह्र कक्षासम्म पढाईने स्कूलहरु खुल्नु दुईवटा बोर्डिङ्ग स्कूलहरु हुनुले यस क्षेत्र एक किसिमले शैक्षिक विकासको हिसाबले निकै अग्रपंक्तिमा छ भन्दा दुईमत नहोला । बर्षै पिच्छे गरिने कृषि मेलाका आयोजनाबाट सुन्दर बजार र वरिपरिका किसानहरु निकै लाभान्वित भएका छन् भने यसबाट किसानहरुलाई खेतीपातीमा प्रोत्साहन मिलेकोछ ।

यो बजारमा अधिक्तम गुरुङ्गहरु छन् भने अन्य जातजातिका मानिसहरु पनि कम छैनन् । त्यसैले गुरुङ्गहरुको आफ्नै संगठन स्थापना भएको छ । जसमध्ये गुरुङ्गहरुको आमा समुहको विशेष भूमिका रहेकोछ । यहाँका आमा समूहले आफ्नो रीतिरिवाज तथा धर्म सँस्कृतिको संरक्षणमा निकै ठूलो योगदान दिएको पाईन्छ । आमा समूहकै सकि्रयतामा यहाँ एउटा बुद्ध गुम्बाको निर्माण गरी गुम्बामा एक जना लामागुरुको नियुक्ती पनि गरिएकोछ । जसले गर्दा गुरुङ्ग समाजमा भइपरी आएको घट्दोबड्दो कार्यमा निकै टेवा मिलेकोछ । आमा समूहकै सकि्रयतामा सम्पूर्ण जातजाति र समुदायका मानिसले उपभोग गर्न पाउने समुदाय भवन निर्माण गर्ने योजना रहेको पनि छ । जसको निमित्त सरकारबाट केही रकम उपलब्ध भएपनि अन्य अपुग रकम आमा समूहले बिदेशबाट छुट्टीमा आएका सुन्दर बजारवासीहरुसँग स्वागत समारोह तथा विभिन्न प्रकारका नाचगानको कार्यक्रम आयोजना गरी रकम संकलन गर्ने गरेका छन् । आगामी दिनहरुमा यस प्रकारको कार्यक्रमलाई अझ प्रभावकारी तुल्याएर बढी रकम संकलन गर्न सक्ने महत्वकांक्ष लिएका छन् ।

यस बजारमा मनोराजनको निम्ति सिनेमा हल धेरै पहिलेदेखि साचालन हँुदै आएकोछ । मस्र्याङ्गदी जलबिद्युतको कार्यालय नै यहाँ भएकोले बिजलीको कुनै समस्या छैन । खानेपानीको निम्ति तीन ठाँउबाट स्रोतको व्यवस्था गरिएकोछ । स्वास्थ्य उपाचारका लागि नयाँ अस्पतालको योजना भई रहेकोछ । सम्बत २०२६ सालभन्दा अगाडि यस ठाँउमा घनाघोर टाप्रेझारको जंगल र ठूलाठूला आँपका बोटहरुले भरिएको थियो जहाँ एक्लै हिँड्डुल गर्न पनि डर हुन्थ्यो । त्यस बखत यहाँको धेरै जग्गाहरु गौचरन र चण्डी गुठीको नाममा दर्ता भएको थियो जसले गर्दा कसैले पनि उपभोग गर्न पाएका थिएनन् । चार जना बुद्धिमानी र सहासी महानुभावहरु स्वर्गीय तीर्थमान श्रेष्ठ स्वर्गीय श्री भगवती श्रेष्ठ स्वर्गीय श्री टुक बहादुर गुरुङमेरो पिताजी र एकजना नाम थाहा नभएको तर वहाँलाई मैनाबाबा भनेर चिनिन्छ- यी चार जनाको सकि्रयतामा यस ठाँउमा बजार स्थापना गरिएको थियो । 

त्यस समयको अवस्था र अहिलेको अवस्थालाई हॆर्दा आकाश पातालको फरक देखिन्छ । त्यस समयमा तार्कुठाँटी गाँउ पाचायतको प्रधानपाच स्वर्गीय कप्तान श्री चित्र बहादुर गुरुङ्गको रोहवरमा उक्त जग्गाहरु तार्कुठाँटी गाँउ पाचायत मार्फत बिक्री बितरण गर्नेबारे वहाँहरु चारजनाले निर्णय गरी निम्न अनुसारको नियम तथा शर्तमा बितरण गर्नु भएको थियो । परिवारको एकजनाले पन्ध्र हात घरेडी मात्र लिन पाउने घरेडीको मूल्य प्रति हात रु। १ हुने छ महिनाभित्रमा झुप्रो वा धुरी खडा गर्नुपर्ने अठार महिनाभित्रमा बसोवास गरी सक्नु पर्ने अन्यथा घरेडी नै जफत हुने आदि नियमहरु पारीत गर्नु भएको थियो । तर आज आएर ती गुठी र गौचरनले मात्र नभएर पाउदी ढिकदेखि लगाएर मिस्रीटार कुमालटार बरेटार कामीटार हाँडेटार खत्रीठाँटी र मानेचौक लगायत सुन्दर बजारमा गाभिई सकेकाछन् । 

त्यतिमात्र नभई सुन्दर बजार डुम्रे-बेशिशहर राजमार्गको छेउमा पर्ने मोटरबाटोमा मोटर गुडिसकेको र कच्ची धूलेबाटो भएतापनि यस ठाँउबाट छरिएर मोटर अन्य मोटरबाटो जस्तोः- गहते हुँदै चिसापानी नाउदी हुँदै कुन्छा भाज्याङ्ग पाउदी हुँदै थान्सिङ र दुराडाँडा पुगेको हुनाले अझ यसको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको छ । लमजुङ्ग जिल्लाको सदरमुकाम कुन्छाबाट बेशिशहर सर्नुभन्दा अगाडि सुन्दर बजार पनि सदरमुकामको सूचिमा परेको थियो । जे होस् आर्थिक भौतिक सामाजिक र भौगोलिक हिसाबले हेर्दा सुन्दर बजारको महत्व र सुन्दरता त्यसै अनुमान गर्न सकिन्छ ।

Free business joomla templates
web tracking